नियम ६४
निजी क्षेत्रले सञ्चालन गरेको भन्सार गोदाम सञ्चालकको दायित्व
भन्सार कार्यालय बाहेक अन्य व्यक्तिले सञ्चालन गरेको भन्सार गोदामको सञ्चालकको दायित्व देहायबमोजिम हुनेछः–
(क) गोदाममा रहेको मालवस्तुको सुरक्षाको व्यवस्था गर्ने,
(ख) गोदाममा रहेको मालवस्तुको विवरण खुलाई अद्यावधिक अभिलेख राख्ने,
(ग) भन्सार कार्यालयले भन्सार गोदाममा नराख्न भनी आदेश दिएका मालवस्तु नराख्ने,
(घ) भन्सार कार्यालयको पूर्व स्वीकृति बिना गोदामबाट मालवस्तु नझिक्ने,
(ङ) भन्सार जाचपासका लागि एकपटक गोदामबाट झिकिसकेका मालवस्तु भन्सार अधिकृतको स्वीकृति नलिई पुन गोदाममा नराख्ने,
(च) भन्सार कार्यालयको आदेशबिना गोदाममा रहेको वा रहन आउने मालवस्तु नखोल्ने वा खोल्न नपाउने व्यवस्था गर्ने,
(छ) गोदाममा रहेका मालवस्तु हराए वा नासिए वा कुनै प्रकारले नोक्सानी भएमा भन्सार कार्यालयलाई जानकारी दिने,
(ज) गोदाममा साठी दिनभन्दा बढी अवधि मालवस्तु रहेकोमा त्यस्तो अवधि समाप्त हुनासाथै सोको जानकारी भन्सार कार्यालयलाई दिने,
(झ) भन्सार अधिकृतले चाहेको जुनसुकै बखत गोदामको निरीक्षण गर्न दिने र निजले मागेको जानकारी तथा विवरण तत्कालै उपलब्ध गराउने,
(ञ) गोदाममा रहेका मालवस्तुको विवरण दैनिक रूपमा भन्सार कार्यालयलाई उपलब्ध गराउने,
(ट) गोदाममा मालवस्तु राख्दा मालवस्तुधनीको स्पष्ट नाम, ठेगाना र भएमा टेलीफोन नम्बर र इमेल ठेगानासमेतको अभिलेख राख्ने ।